मलेसियामा कार्यरत ४७ जना नेपाली पक्राउ, यस्तो छ कारण

Posted on: 23 Sep, 2018

असोज ७, मलेसिया । मलेसियामा अवैधानिक रुपमा काम गरिरहेका ४७ जना नेपाली पक्राउ परेका छन् ।

मलेसियाको साइबरजयामा रहेको औद्योगिक क्षेत्रमा काम गर्ने २२ सय ३० जनामाथि गरिएको छानविनमा बंगलादेश, म्यानमार, इन्डोनेशिया र नेपाली कामदारसहित ३३८ जना विदेशी नागरिक पक्राउ परेका हुन् ।

मलेसियाको अध्यागमन नियम अनुसार कामदारले भिसामा उल्लेख भए अनुसारकै कम्पनीमा काम गर्नुपर्छ । तर स्वीकृती लिएको कम्पनी भन्दा फरक कम्पनीमा काम गरेको र अध्यागमनको नियम उल्ङघन गरेको पाइएपछि पक्राउ गरिएको मलेसियाको अध्यागमन विभागले जनाएको छ ।

अवैधानिक रुपमा काम गरिरहेका कामदारलाई कानुनी प्रक्रियामा ल्याउन दिइएको आममाफी र रिहायरिङ कार्यक्रमको समय सकिएपछि मलेसियाले अवैधानिक कामदारलाई पक्राउ गर्ने अभियान जारी राखेको छ ।

आउटसोर्सिङ गरिएका कामदारका हकमा पनि सप्लाई गर्ने कम्पनी र रोजगारदाता कम्पनीबीचको सम्झौतापत्र, सम्बन्धित कम्पनीको आधिकारिक पत्र लगायत कागजात कामदार र सम्बन्धित रोजगारदातासँग हुनुपर्दछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!