वैदेशिक रोजगार कार्यालय शनिबार पनि खुल्ला

Posted on: 17 Nov, 2018

मङि्सर १, काठमाडाै । वैदेशिक रोजगार बिभागको कार्यालय ताहाचल श्रम स्वीकृतिका लागि शनिबार पनि खुलेको छ । वैदेशिक रोजगारमा जाने सेवाग्राहीहरूको चाप बढेपछि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुलेकाे हो।

शुक्रबार लाइनमा बसेर कुपन लिएरपनि काम गर्न नभ्याएका ५५० जनालाई शनिबार बोलाइएको वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख युवराज खतिवडाले जानकारी दिए। उनीहरू सबै व्यक्तिगत श्रम स्वीकृति लिएका अर्थात रि इन्ट्री (छुट्टिमा आएर फर्किन लागेका) हुन लागेकाहरू हुन् । उनले अन्य २५/३० जना सेवाग्राही पनि श्रम स्वीकृतिका लागि आएकाे बताए। शुक्रबार १३ सय जनाले श्रम स्वीकृति लिएका छन् । शनिबार ३ बजेसम्म कार्यालय संचालन हुने भएपनि पालाेमा बसेका सबै जनाकाे काम सकिने प्रमुख खतिवडाले जानकारी दिए।

सार्वजनिक बिदाबाहेक अन्य दिन कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने गरेको छ। कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!