मलेसियामा अलपत्र परेका २३ नेपाली स्वदेश फिर्ता (नामावलीसहित)

Posted on: 13 Mar, 2019

फागुन २९, मलेसिया । रोजगारीको शिलशिलामा मलेसिया पुगेर अलपत्र परेका २३ जना नेपाली कामदारको मलेसियास्थित नेपाली राजदूतावासले उद्दार गरेको छ । उद्धार गरिएका नेपालीलाई नेपाल पठाइएको छ ।

नेपाली राजदूतावासको प्रयासमा सिमोनिया, बुकिट जलिल र सेपांग घर फिर्ती केन्द्रमा रहेका, हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका २३ जना नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गरिएको हो ।

फागुन महिनाको १६ गते १ जना, २१ गते ४ जना र २८ गते १८ जनालाई नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ ।

नेपाली राजदूतावासले फाल्गुन महिनामा विभिन्न घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीहरुलाई उद्दार गर्ने उद्देश्यले भेटघाट गरेर जानकारी लिएको दूतावासले जनाएको छ ।

लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या देखिने हुँदा राजदूतावासले यथाशीघ्र उद्दार गर्न जरुरी देखि दूतावासबाट एकतर्फी हवाई टिकट उपलब्ध गराए स्वदेश फर्काएको हो । अलपत्र परेका नेपालीहरुलाई घर फिर्ता पठाउने अभियान निरन्तर रुपमा जारी राख्ने दूतावासले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!