अब बैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य जाच्न गन्तव्य मुलुकमै चिकित्सक पठाइने

Posted on: 15 Mar, 2019

चैत १ , काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि गन्तव्य मुलुकमै स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिरहेको बताएका छन् । शुक्रबार वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको बबरमहलमा सारिएको नयाँ कार्यालयको शुभारम्भ गर्दै मन्त्री विष्टले सरकारले गन्तव्य मुलुकमै आवश्यकता अनुसार नेपाली चिकित्सकहरुको टोली पठाएर स्वास्थ्य परिक्षण गर्ने तयारीमा जुटेको बताए।

वैदेशिक रोजगारमा गएकाहरुमा बढि मृगौलाको समस्या देखिएकोले उक्त समस्या आउन नदिन सरकारले गन्तव्य मुलुकमै स्वास्थ्य परिक्षणको कार्यक्रम ल्याउन लागेको बताए  ।

मन्त्री विष्टले वैदेशिक रोजगारीकै क्रममा ज्यान गएकाहरुको परिवारलाई सम्बन्धित स्थानीय तहबाटै क्षतिपूर्ति दिने व्यवस्था गरिएको बताए । कार्यक्रममा मन्त्री विष्टले सरकारले वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सक्दो प्रयास गरिरहेको दावी गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!