वैदेशिक रोजगारीमा गएका ५ सय ४५ जना नेपाली विदेशी जेलमा

Posted on: 15 Mar, 2019

चैत १, काठमाडौं ।  वैदेशिक रोजगारीमा गएका ५ सय ४५ जना नेपाली विभिन्न देशका जेलमा रहेका छन् । ८ वटा देशका जेलमा ५ सय ४५ जना नेपाली जेलमा रहेको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका कार्यकारी अधिकृत राजन श्रेष्ठले जानकारी दिए । 

बोर्डका अनुसार कुवेत, साउदी अरबको जेद्दा र रियाद, यूएई, मलेसिया, ओमन, कतार र बहराइनका जेलमा ५ सय २६ जना पुरुष र १९ जना महिला छन् । सबैभन्दा धेरै मलेसियाको जेलमा २ सय ५ जना नेपाली छन् । यसमध्ये २ जना महिला छन भने २ सय ३ जना पुरुष छन् । 

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले निःशुल्क कानुनी सहायता उपलब्ध गराउन विभिन्न देशबाट जेलमा रहेका नेपालीको संख्याबारे तथ्यांक लिएको हो । तथ्यांकअनुसार विदेशको जेलमा ५२६ पुरुष र १९ महिला छन् । सबैभन्दा धेरै मलेसियाका जेलमा २०५ जना बन्दी छन् । यस्तै यूएईमा १८५, कुवेतमा ५८, साउदीमा ५४, कतारमा ३५, बहराइनमा ५ र ओमानमा ३ नेपाली जेलमा छन् । यूईमा मात्रै १२ जना नेपाली महिला जेल जीवन बिताइरहेका छन् । 

यसैगरी विदशी अस्पतालहरुमा २४ जना नेपाली कोमामा छन् । यसमा २१ पुरुष र ३ महिला छन् । कतारमा ९ जना, साउदीमा ५ जना, बहराइन र कुवेतमा ४/४ जना नेपाली कोमामा उपचारत छन् । ओमान र यूइईमा पनि एक-एक जना नेपाली कोमामा छन् । उनीहरुलाई कानुनी सहायता उपलब्ध गराउने गरी पहल थालेको वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!