जापानको रोजगारी : समझदारी पत्रमा हस्ताक्षर गर्न श्रम सचिव दाहाललाई अख्तियारी

Posted on: 21 Mar, 2019

चैत ७, काठमाडौं। जापानसँग श्रम समझदारीमा हस्ताक्षर गर्न सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ ।

चैत ४ गते सोमबार बसेको मन्त्रीपरिषदको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम समझदारीमा हस्ताक्षर गर्ने अख्तियारी दिएको हो । दुई देशबीचको समझदारीपत्रमा हस्ताक्षर गर्ने जिम्मेवारी श्रम मन्त्रालयका सचिवलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

गएको पुस २५ गते नेपालको भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनो र नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको द्विपक्षीय वार्ताका क्रममा सहमति पत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो । मन्त्रीपरिषदको निर्णय पश्चात चैत्र महिना भित्रै दुई देशबीच एमओसीमा हस्ताक्षर गर्नेगरी तयारी भइरहेको मन्त्रालय श्रोतले जानकारी दिएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!