वैदेशिक रोजगार विभागका नायव सुब्बा फुयाँल घुससहित पक्राउ

Posted on: 22 Mar, 2019

चैत ८, काठमाण्डौं । वैदेशिक रोजगार विभागका नायव सुब्बा रामकुमार फुयाँल घुससहित पक्राउ परेका छन् । 

विभागको काठमाण्डौं कार्यालयका नायब सुब्बा फुयाँलले वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई उनी विरूद्ध उजुरी परेको र पक्राउ पुर्जी जारी गर्ने भन्दै धम्क्याएर सेवाग्राही घुस मागेको सूचना अख्तियारले पाएको थियो । 

त्यही सूचनाका आधारमा अख्तियारको टंगालमा रहेको कार्यालयको टोलीले फुयाँललाई ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। फुयाँलले लिएको ६० हजार रुपैयाँ  जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई राख्न दिएर केही समयपछि खड्कासँग पैसा लिँदै गर्दा पक्राउ गरिएको हो । नायब सुब्बा रामकुमार फुयाँल र फलफूल व्यवसायी ध्रुव खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!