नेपाली कामदार लैजान जापानसँग आज श्रमसमझदारी हुँदै

Posted on: 25 Mar, 2019

चैत ११, काठमाडौं । जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा श्रमसमझदारी हुँदै छ । यसलाई दुइ देशबीच ‘सहकार्य गर्ने समझदारी’को नाम दिइएको छ ।

जापानले पहिलो पटक ‘श्रम भिसा’मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको हो । जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार ल्याउने निर्णय गरेको छ । यो समाचार होम कार्कीले कान्तिपुरमा लेखेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!