विवरण नबुझाउने ४८ म्यानपावर कम्पनीको विभागद्वारा कारोबार रोक्का

Posted on: 21 May, 2019

जेष्ठ ७, काठमाडौं ।  बैदेशिक रोजगार विभागले अद्यावधिक नगर्ने ४८ म्यानपावर कम्पनीको कारोबार रोक्का गरेको छ । म्यानपावर कम्पनीको सम्पूर्ण विवरण अद्यावधिक गर्न दिएको समयभित्र पनि विवरण पेश नगर्ने म्यानपावरहरुको सम्पूर्ण कारोवार बन्द गरिएको बैदेशिक रोजगार बिभागका निर्देशक भोलानाथ गुरागाईले जानकारी दिए ।  

विभागले इजाजत प्राप्त म्यानपावर  कम्पनीलाई उनीहरुको विवरण गत वैशाख २३ गतेदेखि २९ गतेसम्म बिभागको सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको थियो । उक्त मितिसम्ममा आफ्नो म्यानपावरको विवरण अद्यावधिक गर्न नसकेका केहि म्यानवापर कम्पनीको आग्रहमा विभागले पुनः जेठ ३ गतेसम्मको लागि म्याद थप गरेको छ । तर थपिएको अन्तिम समयसीमा सम्म पनि विवरण अध्यावधिक नगर्ने ४८ म्यानपावरको अनलाइन मार्फत हुने सबै कारोवार रोक्का गरिएको निर्देशक गुरागाईले बताए । विवरण अध्यावधिक गर्न अझैपनि निवेदन दिनेहरु आइरहेकोले विभागले निर्णय गरेपस्च्यात मात्र उनीहरुले विवरण अध्यावधिक गर्न सक्ने उनले बताए ।

कारोवार बन्द भएपछि ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कार्य गर्न पाउने छैनन् । म्यानपावरले आफ्नो कम्पनीका कर्मचारीको विवरण र शाखा सञ्जालन लगायत विवरण सूचना अद्यावधिक गर्नुपर्ने छ । विभागमा एक हजार ५२७ मेनपावर दर्ता भएकामा अहिले एक हजार २४० मात्र सञ्चालनमा छन् । 

यो हुन् कारोबार रोक्का भएका म्यानपावर कम्पनीहरु 

0001.jpg

यस बिषयमा तपाइको प्रतिक्रिया...!