साझा सबाल समाचार प्रभाव : म्यानपावरद्वारा पोल्याण्ड पठाउने भन्दै लिएको १ लाख फिर्ता

Posted on: 22 May, 2019

जेठ ८,काठमाडौं । पोल्याण्ड पठाईदिने भन्दै कामदारबाट लिएको १ लाख रकम म्यानपावरले पीडितलाई फिर्ता दिएको छ । साई ग्लोबल करियर प्रा. लि का संचालक निरक शाहीले २०७५ असार ३ गते पोल्याण्ड पठाउने भन्दै रकम ठगी गरेको विषयमा साझा सबालमा गत बैशाख २५ गते समाचार प्रकाशन भएको थियो। 

सो समाचार प्रकाशन पश्च्यात म्यानपावरले आज १ लाख रकम बैंक खातामा हालिदिएको टोप बहादुर शाहीले साझा सवाललाई बताए। मिडियालाई किन जानकारी दिएको भन्दै बुधबार रकम फिर्ता दिएको छ उनले भने "आँफु ठगिएको बारे समाचार प्रकाशन गरि रकम फिर्ता गर्न सहयोग गरेकोमा साझा सबाल मिडियालाई धन्यवाद छ।" 

साई ग्लोबल करियरका जगत शाहीले पोल्याण्डको काम सफल नभएपछि पीडितहरुको रकम फिर्ता गरिरहेको जानकारी दिए ।

यो पनि पढ्नुहोस 

पोल्याण्ड पठाउने भन्दै कामदारबाट लाखौँ लिंदै म्यानपावरहरु, के गर्दैछ सरकार ?

यस बिषयमा तपाइको प्रतिक्रिया...!