इराक पठाउने गुनासो आएपछि म्यानपावरमा विभागको छापा, कागजात नियन्त्रणमा

Posted on: 22 May, 2019

जेठ ८,काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीको अनुगमनलाई तीव्रता दिएको छ । विभागले बुधबार ललितपुरको ताल्छिखेलमा रहेको युनिभर्सल कनेक्सन प्रा. लि अनुगमन गरेको हो ।

अफगानिस्तान हुँदै इराक पठाउने गरेको विषयमा कामदारका गुनासा आएपछि म्यानपावर कम्पनीमा छापा हानिएको विभागका निर्देशक हरि ज्ञावालीले जानकारी दिए। युनिभर्सल कम्पनीमा स्थलगत अनुगमन गरि केही कागतजागत नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको निर्देशक ज्ञावालीले बताए। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!