तीन दिनदेखि मलेसियामा जारि वार्ता सकियो, रोजगारी खुलाउने सहमती

Posted on: 12 Sep, 2019

मनोज पराजुली । भदौ २६, क्वालालम्पुर | नेपाली कामदारको लागि मलेसियाको रोजगारी खुलाउने विषयमा  सहमति भएको छ । नेपाल र मलेसिया विच श्रम समझदारी अनुरुप बाँकि रहेका विषय टुंगो लगाउन दुई देश बिचको प्रविधिक कमिटिको बैठकमा सहमती भएको हो ।

मलेसिया रोजगारी खुलाउन मंगलबारदेखि मलेसियामा बार्ता जारी थियो । तीन दिनसम्मको वार्तामा के-के सहमति भयो भन्ने बिषयमा कुनै कुरा सार्वजनिक गरिएको थिएन । अघिल्लो बर्ष जेठ २ गतेदेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन मलेसियन उच्च अधिकारी सहित नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोलि गत सोमबार मलेसिया गएको थियो । 


दुई देश बीचका प्रतिनिधि सहभागी भएको बैठकबाट मलेसियाको रोजगारीको ढोका खुला भएको हो । दुई देशको सहमतिसंगै अब नयाँ कामदारले बैदेशिक रोजगारीको लागि मलेसिया जाने बाटो समेत खुला भएको छ । 

मलेसिया र नेपाल बीच भएको पछिल्लो सहमतिको बिषयमा थप जानकारी केहिबेरमा आउने छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!