टर्कीको आजीए कम्पनीबाट फर्किएका १ सय ७० जनालाई क्षतिपूर्ति लिन बोलाइयो, कसले कति पाउने ?

Posted on: 20 Sep, 2019

असोज ३, काठमाडौं । वैदेशिक रोजगार विभागले टर्कीस्थित आईजीए कम्पनीबाट क्षतिपूर्ति आएको भन्दै श्रमिकहरुलाई क्षतिपूर्ति लिन आग्रह गरको छ ।  वैदेशिक रोजगारीका लागि टर्कीमा रहेको आजीए कम्पनीमा गएर करारपत्रमा उल्लेखित पूरा अवधि काम गर्न नपाई फर्किएका कामदारहरुले क्षतिपूर्तिका लागि विभागमा उजुरी गरेका थिए । 

विभाग र पाकिस्तानस्थित नेपाली राजदूतावासको पहलमा १ सय ७० जना व्यक्तिहरुको ९७ लाख रुपैयाँ भन्दा बढी रकम क्षतिपूर्ति वापत उपलब्ध भएको विभागले जनाएको छ । विभागले सक्कल राहदानी सहित क्षतिपूर्ति लिन आग्रह गरेको छ । 

सम्बन्धित व्यक्ति वैदेशिक रोजगारीमा विदेश गइसकेको भएमा सम्बन्धित व्यक्तिको टर्कीको भिसा स्टाम्पिङको पेज र टर्कीस परिचयपत्र समेतको प्रतिलिपि संलग्न गरी श्रीमान, श्रीमती र बुबा वा आमाले आफ्नो वडा कार्यालयबाट नाता प्रमाणित गराई वडाको सिफारिश सहित विभागमा क्षतिपूर्ति रकम दावी गर्न आग्रह गरेको छ । 

गतवर्ष चैतमा सन् २०१९ को अप्रिल २५ सम्मको श्रम स्वीकृति लिएर गएका नेपाली कामदार करार अवधि अघि नै फर्किएका थिए । उनीहरु मध्ये अधिकांशले ५६ हजार ८ सय ८५ रुपैयाँ क्षतिपूर्ति पाउने छन् । केहीले ७९ हजार पाउने विभागले जनाएको छ । विभागले असोज ७ गतेदेखि १२ गते भित्र क्षतिपूर्ति रकम लिन आग्रह गरेको छ । 

क्षतिपूर्ति पाउनेहरुको लिष्ट हेर्नुहोस्


यस बिषयमा तपाइको प्रतिक्रिया...!