यी हुन् बैदेशिक रोजगार एपमा टप लिस्टमा रहेका २० म्यानपावर कम्पनीहरु

Posted on: 21 Oct, 2019

कात्तिक ४, काठमाडौँ | बैदेशिक रोजगारमा जाने तथा गएका युवाहरुलाई लक्षित गरि निर्माण गरिएको बैदेशिक रोजगार मोबाइल एपको क्रेज निरन्तर १६ महिनादेखि नेपालमा ट्रेन्डीङमा परेको छ । हालको कुरा गर्ने हो भने यो एप 'न्युज एण्ड म्यागेजिन' क्याटेगोरी अन्तर्गत नेपालमा सर्वाधिक प्रयोग हुने एपको चौथो स्थानमा छ । यो एप एन्ड्रइड प्रयोगकर्ताहरुले प्ले स्टोरमा गई Baideshik Rojgar सर्च गरेर आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छन् । 

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् 

'बैदेशिक रोजगार' मोबाइल एपका अनुसार बैदेशिक रोजगारमा जानेहरुले पछिल्लो १६ महिनामा कुन म्यानपावरका कति डिमाण्ड हेरे, कुन म्यानपावरको प्रोफाइल कतिले हेरे र कुन म्यानपावरमा कतिले सिधै एप मार्फत अनलाइनबाटै बैदेशिक रोजगारीको लागि अप्लाई गरे भन्ने आधारमा म्यानपावरको लोकप्रियता र प्रयोगकर्तामाझ सक्रियताको आंकलन गर्न सकिन्छ । कतिपय म्यानपावर कम्पनीले यो एपको प्रभावकारिता नबुझेका कारण यो एपमा आफ्नो म्यानपावरका डिमाण्डहरु अपडेट गरेका छैनन् तर पनि एपमा प्रयोगकर्ताहरुले खोजेको आधारमा त्यस्ता म्यानपावर कम्पनीमा अगाडी आएका छन् । 

बैदेशिक रोजगार मोबाइल एपमा म्यानपावर आफैले अनलाइनबाट आफ्नो म्यानपावर कम्पनीमा आएका डिमाण्डहरु अपडेट गर्ने सुविधा छ । जसलाई सर्वाधिक प्रयोग 'द रिभर ओभरसिज प्रा.लि'ले गरेको छ । बैदेशिक रोजगार मोबाइल एपमा अपडेट भएका डिमाण्ड र प्रयोगकर्ताले हेरेको आधारमा बैदेशिक रोजगार एपमा पनि सबैभन्दा पहिलो नम्बरमा काठमाडौँ स्थित गौशालामा रहेको 'द रिभर ओभरसिज' नै परेको छ । बैदेशिक रोजगार एप मार्फत उक्त म्यानपावरको डिमाण्ड १० लाख भन्दा बढी पटक हेरिएको छ भने म्यानपावरको प्रोफाइल २४ हजार भन्दा बढीले हेरेका छन् । त्यस्तै यो समाचार तयार पार्दासम्म बैदेशिक रोजगार मोबाइल एपबाट उक्त म्यानपावरमा ६ हजार ५९१ जनाले बैदेशिक रोजगारीको लागि सिधै अनलाइन मार्फत अप्लाई गरेका छन् । 

त्यस्तै दोश्रो स्थानमा जब्स ग्लोबल डट कम इम्प्लोईमेन्ट सर्भिस रहेको छ । यो म्यानपावरमा प्रयोगकर्ताले 'द रिभर ओभरसिज' मा भन्दा बढी अनलाइन मार्फत बैदेशिक रोजगारीको लागि अप्लाई गरेका छन् । पछील्लो १६ महिनामा जब्स ग्लोबलको डिमाण्ड हेरेर ७ हजार ८३५ जना कामदारले बैदेशिक रोजगारीमा जानको लागि अप्लाई गरेका छन् । 

सरकारले एजेन्टको व्यवस्था खारेज गरिसकेको अवस्थामा बैदेशिक रोजगारीमा जान चाहने कामदारहरुले एप मार्फत बैदेशिक रोजगारको डिमाण्ड तथा म्यानपावरको जानकारी लिएर सिधै सम्बन्धित म्यानपावरमा फोन गर्ने गरेका छन् । म्यानपावर कम्पनीहरुले sajhajobs.com को Login/password लिएर सरकारबाट स्वीकृतप्राप्त बैदेशिक रोजगारका डिमाण्डहरु  'बैदेशिक रोजगार' एपमा सिधै अपडेट गर्न सक्छन् । एपमा दुई लाख भन्दा बढी प्रयोगकर्ताले कुन म्यानपावरमा के डिमाण्ड आएको छ हेरेपछि सोहि म्यनापवरमा सिधै फोन गर्न वा अनलाइनबाटै अप्लाई गर्न सक्ने सुविधा रहेको छ । एप र वेबसाइटलाई अझै सहज र थप फिचर दिने काम भईरहेकोले केहि दिनमा  थप व्यवस्थित रुपमा आउने बैदेशिक रोजगार एप निर्माण टिमले जानकारी दिएको छ । 

यहाँ हामीले बैदेशिक रोजगार मोबाइल एपमा प्रोफाइल र अनलाइन अप्लाईको आधारमा Top-20 म्यानपावरको लिस्ट तल सार्वजनिक गरेका छौं । बैदेशिक रोजगार मोबाइल एपमा म्यानपावरको खोजि गरिएको, अप्लाई गरिएको र प्रोफाइल हेरिएको आधारमा यो लिस्ट तयार पारिएको हो । 

१. The River Overseas |(24750 Profile Views), (6,591 Online Apply) 

२. Jobs Global.com Employment Services | (14573 Profile Views), (7,835 Online Apply)

३. Blue Sky International | (12,811 Profile Views)

४. Vision and Value Overseas | (7,511 Profile Views), (1,499 Online Apply)९०१० 

५. Dewan Consultants | (7,255 Profile Views), (2,344 Online Apply)९५९९ 

६. Koshi International Service | (7,399 Profile Views), (209 Online Apply)७६०८ 

७. Capital Recruitment Service | (5,216 Profile Views), (2,617 Online Apply)७८३३ 

८. Worldwide Human Resource Networking | (6,615 Profile Views), (259 Online Apply)६८७४ 

९. Neelkamal Human Resource | (4,766 Profile Views), (2,181 Online Apply)६९४७

१०. RB Overseas | (5,143 Profile Views), (1,465 Online Apply)६६०८

११. Real Radiantal Internalional | (4,580 Profile Views), (281 Online Apply)४८६१ 

१२. Naukri Nepal Recruitment Services | (3,269 Profile Views), (943 Online Apply)४२१२ 

१३. British Gurkha Overseas Services | (4,177 Profile Views)

१४. Manang Overseas | (3,873 Profile Views), (144 Online Apply)४०१७

१५. Ekta International | (3,006 Profile Views), (688 Online Apply)

१६. Al Secure Manpower Recruitment | (3,617 Profile Views), (50 Online Apply)

१७. Future Star Manpower | (2764 Profile Views), (891 Online Apply) ३६५५ 

१८. Diana Overseas | (3377 Profile Views), (267 Online Apply)

१९. Continental  Human resources | (2366 Profile Views), (1262 Online Apply) ३६२८

२०. Shikhar International Manpower Services | (3,442 Profile Views)

बैदेशिक रोजगार एपको पर्वर्धनमा काम गर्दै आएका पत्रकार मनोज पराजुलीका अनुसार यो एप मासिक १० हजार भन्दा बढी नेपालीले आफ्नो मोबाइलमा डाउनलोड गरेका छन् । सुरुवाती चरणदेखिनै गुगल प्ले स्टोरमा ट्रेन्डीङमा रहेको बैदेशिक रोजगार मोबाइल एपमा बैदेशिक रोजगारीका महत्वपूर्ण जानकारीहरु, दुतावासबारे जानकारी, बैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीको जानकारी, दैनिक बैदेशिक रोजगारका डीमाण्डहरु, रोजगार सम्बन्धि समाचारहरु, श्रम स्वीकृति तथा विज्ञापन पुर्वस्वीकृतिबारे जानकारीहरु पाउन सकिन्छ । पराजुलीका अनुसार आगामी महिनादेखि यो एपमा अरु फिचरहरु पनि थपिदैछन् । 

हाल यस एपमा सिधै म्यानपावर कम्पनीले आफूलाई कामदार चाहिएमा डिमाण्ड राख्न सक्ने र अनलाइनबाट सिधै कामदारले Apply गरेको विवरण म्यानपावरलाई प्राप्त भए अनुसार कामदार छनोट गर्न सक्ने सुविधा छ । प्रयोगकर्ताले यो एप डाउनलोड गरेपछि कुन म्यानपावरमा के डिमाण्ड आएको छ त्यसको बिस्तृत विवरण का साथै कति दिन भीत्र अप्लाई गर्न सकिन्छ, सम्बन्धित म्यानपावरको जानकारी समेत पाउँछ र सिधा म्यानपावरमा सम्पर्क गर्न वा म्यानपावरमा पुगेर अन्तर्वार्ता दिएर बैदेशिक रोजगारीमा जान सक्छ ।

हालसम्म यस एपमा जोडिएका बिभिन्न ५० म्यानपावर कम्पनीमा आएका डिमाण्डहरुमा वैदेशिक रोजगारीमा जान चाहने ३८ हजार ५७४ जनाले सिधै एप मार्फत अप्लाई गरेका छन् । दैनिक ६० हजार भन्दा बढी प्रयोगकर्ताले बैदेशिक रोजगार एप र sajhajobs.com मा अपडेट भएका डिमाण्डहरु हेर्दै आएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!