दुतावासहरुलाई सम्बोधन गर्दै विभागको पत्र 'आवश्यक समन्वय गरिदिनु'

Posted on: 06 Nov, 2019

कार्त्तिक २०, काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीमा जाने कामदारको भिसा र करारपत्रमा कामदारको पेशा फरक परेको भन्दै एकरुपता ल्याउने विषयमा पहल गर्न  खाडी तथा मलेसियास्थित नेपाली दूतावासहरुलाई आग्रह गरेको छ । नेपालका  विदेशस्थित सबै कूटनीतिक नियोग र विशेषगरी यूएईको आबुधावी, कतारको दोहा, साउदी अरबको रियाद, नेपाली दूतवास कुवेत, नेपाली दूतावास बहराइन मानमा, नेपाली दूतावास ओमान मष्कट र मलेसियालाई पत्र लैख्दै उक्त आग्रह गरेको हो । 

विभागले नेपालबाट विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारको भिसा र कम्पनीसँग भएको सम्झौतापत्र तथा विभाग अन्तर्गतको काठमाडौं कार्यालयबाट जारी हुने श्रम स्वीकृतिमा पेशा लगायतका विषयमा एकरुपता नभएका कारण पुनः श्रम स्वीकृति दिन कठिनाइ भएको उल्लेख गरेको छ । 

कतिपय कामदारहरु अन्य पेशामा काम गर्न जाने तर भिसा भने ड्राइभर र अपरेटरजस्ता सीप आवश्यक पर्ने प्राविधिक पेशा उल्लेख हुने गरेबाट सीप प्रमाणित हुने कागजात पेश नभएसम्म पुनः श्रम स्वीकृति नहुने भन्दै त्यस विषयमा कामदारहरुलाई आ–आफ्ना कम्पनीबाट प्रमाणपत्र लिन सचेत गराउन गैर आवासीय नेपाली संघका एकाईहरुलाई समेत परिचालन गर्न आग्रह गरको छ ।

विभागले म्यानपावर कम्पनीलाई गत शुक्रबार र शनिबार  म्यानपावर व्यवसायीलाई अनुशिक्षण दिएको थियो सो क्रममा व्यवसायीले संस्थागत श्रम स्वीकृतिमा भएको समस्याबारे विभागको ध्यानाकर्षण गरेका थिए । सो पस्च्यात विभागले विभागीय निर्णय गरेर दुतावासहरुलाई पत्र लेखेको हो ।

विभागले दुतावाशारुलाई लेखेको पत्र 



यस बिषयमा तपाइको प्रतिक्रिया...!