मलेसियाद्वारा बंगलादेशबाट कामदार लिन सहमति, नेपालीका लागि रोजगारी गुम्ने संकेत !

Posted on: 08 Nov, 2019

मनोज पराजुली, कात्तिक २२, काठमाडौं । मलेसियाले बंगलादेशबाट पनि पुन: कामदार आपूर्ति गर्ने संकेत दिएको छ । मलेसिया र बंगलादेश विच कामदार आपूर्तिका विषयलाई छलफलबाट सहमति गर्ने निर्णय भएको हो । 


आज मलेसियमा बसेको दुई देश विचका उच्च अधिकारीहरुको बैठकले कामदार भर्ना, छनौट, लागत खर्चमा विषयमा सहमति नजिक पुगेको हो । बंगलादेशले कामदारको स्वास्थ्य परिक्षण र कामदारको लागत खर्च बारे चासो राखेको र त्यसलाई मलेसिया सरकारले छिट्टै टुंग्याउने सहमति भएको जनाइएको छ । 

दुई देश विचको संयुक्त कार्यदलको बैठक यहि नोभेम्बर २४ र २५ मा बंगलादेशमा बस्ने सहमति गरेको छ। आगामी बैठकले बाँकि रहेका प्रक्रिया टुंगो लगाउने र नोभेम्बर अन्तिममा समझदारीपत्रमा हस्तक्षर हुने दुई देश विच भएको समझदारीमा उल्लेख छ ।


गत वर्ष कार्त्तिक १२ मा नेपाल र मलेसिया विच श्रम समझदारी भएको थियो तर नेपाली कामदारको लागि कोटा नतोकिएको भन्दै व्यवसायीले नि:शुल्क रोजगारीको अवसर गुम्ने अवस्था आएको बताउंदै आएका छन् । मलेसियाले बंगलादेशबाट कामदार लिन थालेमा सेक्युरिटी गार्ड बाहेक अन्य कोटा नेपाल नआउने व्यवसायीले बताएका छन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!