जापान जाने श्रमिक छनोटः सीप परीक्षामा सबै फेल

Posted on: 05 Dec, 2019

मंसिर १९, काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन् । 

पहिलो चरणमा जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षामा सबै अनुत्तीर्ण भएपछि जान नपाउने भएका हुन् । भाषा परीक्षामा भने एक जना पास भएका छन् ।

भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए भने ‘लक्की ड्र’मार्फत एक हजार जना छनोटमा परेका थिए । तीमध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ५०९ जना छनोटमा ४९७ जना परीक्षामा सहभागी भएका थिए । 

जसमा ५६ जना मात्र उत्तीर्ण भए । उत्तीर्ण भएकामध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परीक्षणमा १५ जना सहभागी भएका थिए तर भाषा परीक्षामा एक जना मात्र उत्तीर्ण भए भने सीप परीषाम सबै असफल भएका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!