वैदेशिक रोजगारीका विषय समेटेर 'धनिरामको उडान' लघु चलचित्र निर्माण (हेर्नुहोस् भिडियो)

Posted on: 04 Jan, 2020

पुष १९, काठमाडौँ |  वैदेशिक रोजगार विभागले  वैदेशिक रोजगारीको विविध पाटो समेटेर लघु चलचित्र 'धनिरामको उडान' निर्माण गरेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको सो चलचित्रले वैदेशिक रोजगारीमा जानुपूर्व ध्यान दिनुपर्ने विषयदेखि विदेशमा रहँदा कसरी काम गर्ने भन्ने सम्मको जानकारी दिएको छ ।

विभागका महानिर्देशक डा भीष्मकुमार भुसालको परिकल्पनामा निर्माण गरिएको सो लघु चलचित्रले सुरक्षित वैदेशिक रोजगारीलाई महत्व दिएको छ । यस्तै स्वदेशमै काम गरेर पनि सहजै जीवन निर्वाह गर्न सकिन्छ भन्ने पक्षलाई पनि उजागार गरिएको छ । सीप सिकेर, सम्पूर्ण प्रक्रिया पूरा गरेर आवश्यक जानकारी तथा कागजात लिएर मात्रै वैदेशिक रोजगारीमा जान, विदेशमा कमाएको पैसा विलासी वस्तुको खरिदमा मात्र खर्च गर्न हुँदैन भन्ने सन्देश सो चलचित्रले दिएको छ ।

यस्तै वैदेशिक रोजगारी पैसा कमाउनभन्दा पनि ज्ञान सीप हासिल गर्न तथा विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई नेपालमै लगाउनुपर्छ भन्ने विषयलाई पनि चलचित्रमा समेटिएको छ । यसैगरी वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन पछिल्लो समय सरकारले लिएको नीति, शून्य लागतलगायतका विषय पनि चलचित्रमा अटाएका छन् । विदेश जानुपुर्व जाने देश, काम, तलब लगायत जानकारी लिनुपर्ने संदेश उक्त लघु चलचित्रले दिएको छ त्यस्तै दलालको भरमा विश्वासमा पर्दा पाउनुपरेको दु:खलाई पनि उक्त चलचित्रले देखाएको छ । 

सो लघु चलचित्र विभागको स्थापना दिवसको अवसर पारेर गत बुधबार सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् 'धनिरामको उडान'


यस बिषयमा तपाइको प्रतिक्रिया...!