मेनपावरको ठगी रोकिएन मंसिरमा मात्र पाँच करोड ठगी

Posted on: 06 Jan, 2020

पुष २१, काठमाडौँ | सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । 

वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला/पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ ।

वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर र व्यक्तिहरुले ठगी गरेको भन्दै प्रशस्त उजुरी आउने गरेको छ ।

चालू आर्थिक वर्ष (२०७६/०७७) को पहिलो पाँच महिनामा मात्र संस्थागत अर्थात मेनपावरले १९ करोड २९ लाख २४ हजार सात सय रुपैयाँ ठगी गरेको दाबी गर्दै युवाहरुले वैदेशिक रोजगार विभागमा छ सय ४१ वटा उजुरी दर्ता गराएका छन् । 

- यो समाचार आजको आर्थिक दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!