इराकमा रहेका नेपालीलाई उद्दारको तयारीमा सरकार,दूतावासको सम्पर्कमा रहन आग्रह

Posted on: 07 Jan, 2020

पुस २२, काठमाडौँ | अमेरिकाले इरान् माथि ड्रोन् आक्रमण गरी वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गरेपछि दुवै देशबीच तनाब चुलिएको छ | दुई देशबीच तनाब बढ्दै गएपछि त्यँहा रहेका नेपालीको अवस्था बारे सरकारले चाँसो देखाएको हो |

सरकारले इरानमा रहेका नेपालीको उद्दारका लागि तयारीमा रहेको जनाएको छ | श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मंगलबार गरिएको पत्रकार सम्मेलनमा नेपालीलाई 'रेस्क्यु' गर्ने योजना बनाइरहेको बताएका छन् |

नेपाल सरकारले इरान जान प्रतिबन्ध लगाएपनि अबैध बाटो हुँदै इरान पुगेका नेपालीको संख्या कति छ भन्ने एकिन तथ्यांक सरकारसँग पनि छैन | परराष्ट्र मन्त्रालयको अगुवाइमा 'एक्टिभ' टोली बनाएर हरेक खबर राख्ने योजना सरकारको रहेको मन्त्रीले बताएका छन् | उनले भने, 'इराकमा कति नेपाली छन् भन्ने परराष्ट्र मन्त्रालयमार्फत डाटा संकलन गरिंदै छ |'

यसअघि दुई शक्ति राष्ट्रबीचको तनाव युद्धको अवस्थामा पुगेपछि परराष्ट्र मन्त्रालयले खाडी तथा मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे सम्पूर्ण जानकारी लिन त्यहाँस्थित राजदूतावासलाई निर्देशन दिएको थियो |

खाडी मुलुकमा रहेका नेपालीको अवस्थाबारे तत्काल जानकारी दिन राजदूतावासलाई निर्देशन दिइएको परराष्ट्र प्रवक्ता भरतराज पौड्यालले बताए | उनले दूतावास नभएका मुलुक हेर्ने निकायलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क रहन पनि भनिएको जानकारी दिए |

आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवसहित बसेको बैठकले खाडीमा रहेका नेपालीलाई दुतावासको सम्पर्कमा रहन भनेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!