कार दुर्घटनामा परि मलेसियामा २ जना नेपालीको मृत्यु

Posted on: 09 Jan, 2020

पुस २४, काठमाण्डौ | मलेसियाको क्वालालम्पुर स्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै कार दुर्घटनामा परि दुई जना नेपालीको मृत्यु भएको छ | बिहिबार बिहान भएको दुर्घटनामा  दोलखाका २९ वर्षीय राजकुमार श्रेष्ठ र सुर्खेतका २३ वर्षीय रमेश पोख्रेलको मृत्यु भएको दूतावासले जनाएको छ |

कम्पनीमा खाजा पुर्‍याउन हिँडेका श्रेष्ठ र पोख्रेल चढेको कार स्थानीय समय अनुसार बिहान ६ बजे विमानस्थल नजिकै मिलाइ भन्ने स्थानमा दुर्घटना भएको हो  | विपरित दिशाबाट आएको लरीले कारलाई ठक्कर दिएको दुतावासले जनाएको छ |

राजकुमार श्रेष्ठ क्वालालम्पुरमा होटल संचालन गर्दै आएका छन् भने रमेश राजकुमारको होटलमा काम गर्दै आएको हुनसक्ने दुतावासले बताएको छ |  श्रेष्ठको परिवारसँग सम्पर्क भइसकेको र  पोख्रेलको सम्पर्क हुन बाँकी रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!