रोजगारीको लागि मलेसिया गएका एक नेपालीको मृत्यु

Posted on: 12 Jan, 2020
पुस २७, काठमाडौँ | मलेसियामा एकजना नेपालीको मृत्यु भएको छ | वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका धादिङको थाक्रे गाउँपालिकाका बुद्धिमान तामाङको शुक्रबार पोखरीमा डुबेर  मृत्यु भएको हो |
माछालाई आहारा हाल्ने क्रममा पोखरीमा डुबेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ | उनी विगत ८ बर्ष देखि मलेसियाको क्वालालाम्पुरमा रहेको य सुन यक्वाकल्टर कम्पनीमा काम गर्दै आएका थिए | आठ बर्ष सम्म एक पटकपनि नेपाल नआएका उनको मलेसियामै ज्यान गएको हो |
उनका २४ वर्षीय छोरा र १७ वर्षीया छोरी छन् | मृतकको शव नेपाल ल्याउने तयारी भैरहेक‍ो परिवारले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!