दक्षिण कोरियामा एक नेपालीले गरे झुण्डिएर आत्महत्या

Posted on: 14 Jan, 2020

पुस २९, काठमाडौँ | बैदेशिक रोजगारीको क्रममा दक्षिण कोरिया पुगेका एक जना नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् | रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत २१ महिनाअघि कोरिया पुगेका पाँचथरको फिदिम नगरपालिका २ को लालीखर्कका विवेक राईले झुण्डिएर आत्महत्या गरेका हुन् |

उनी केहि महिना अघि नेपाल आएर पुनः कोरिया फर्केका थिए | साथीहरु संगै बेलुकी खाना खाएर सुतेका राई बिहान  कम्पनीभित्रै झुण्डिएको अवस्थामा भेटिएको पाँचथर सेवा समाज दक्षिण कोरियाले जनाएको छ |

उनी कोरियाको दक्षिणी भाग छाङ उमसिमा बङ्गुर फार्ममा काम गर्दै आएका थिए | राईको आत्महत्याको कारण भने नखुलेको नेपाली दूतावासले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!