युएईमा श्रमिक बोकेको बस दुर्घटना हुँदा ६ जना नेपाली घाइते,ज्यान गएको आशंका

Posted on: 16 Jan, 2020

माघ २, काठमाडौँ | बिहीबार दुबईमा एमबीएम कम्पनीमा काम गर्दै आएका श्रमिक बोकेको बस दुर्घटना भएको छ | कम्पनीमा कार्यरत  २४ जना श्रमि बोकेको बस दुर्घटना भएको हो | दुर्घटनामा ६ नेपाली घाइते भएको र  नेपाली श्रमिकको पनि ज्यान गएको तर थप विवरण नआएको यूएई स्थित नेपाली दुतावासले जनाएको छ |

बसमा सवार २४ श्रमिकमध्ये १६ जना नेपाली श्रमिक रहेको तर कति जनाको ज्यान गएको छ कति घाइते छन् भन्ने विवरण लिइरहेको दुतावसले बताएको छ | दुर्घटनामा भएकाहरुको आबुधाबीस्थित एनएमसी, माफ्रक लगायतका अस्पतालमा उपचार भइरहेको छ |

दुर्घटना लगत्तै नेपाली श्रमिक भएको जानकारी पाए पछि यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्की लगायत दूतावासका स्थानीय कर्मचारी आबुधाबीका विभिन्न अस्पतालमा पुगेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!