कतारमा रहेका नेपालीले अनिवार्य रुपमा राष्ट्रिय ठेगाना दर्ता गर्नुपर्ने, हेर्नुहोस् सूचना

Posted on: 28 Jan, 2020

माघ १४, काठमाडौं । कतारस्थित नेपाली राजदूतावासले कतारमा रहेका नेपालीहरुलाई आफ्नो राष्ट्रिय ठेगाना दर्तामा सहयोग गर्न अनुरोध गरेको छ ।

कतारमा बसोबास गर्ने सम्पूर्ण कतारी नागरिक, विदेशी नागरिक तथा बैधानिक व्यक्तिहरुले अनिवार्यरुपमा निजहरुको राष्ट्रिय ठेगाना दर्ता गर्नुपर्ने नयाँ व्यवस्था लागू भएको छ सोहि व्यवस्था अनुरुप आफ्नो राष्ट्रिय ठेगाना दर्ता गर्न सूचित गरिदिन भनी कतारको आन्तरिक मामिला मन्त्रालयबाट जनवरी २८, २०२० मा नेपाली दुतावासलाई अनुरोध गरेको थियो । 

 कतारमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली नागरिकहरुले २६ जुलाई २०२० भित्र आ-आफ्नो राष्ट्रिय ठेगाना Metrash 2 वा आन्तरिक मामिला मन्त्रालयको वेभसाईट www.moi.gov.qa अथवा आन्तरिक मामिला मन्त्रालयको सेवा केन्द्रहरु (Service Centers) मार्फत दर्ता गर्नुहुन सूचित गरिएको छ । दर्ता सम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटबाट लिन सकिने जनाइएको छ ।   



यस बिषयमा तपाइको प्रतिक्रिया...!