साउदीमा रहेका नेपालीलाई दुतावासको अत्यन्त जरुरी सूचना

Posted on: 29 Jan, 2020

माघ १५, रियाद । साउदी सरकारले ल्याएको पछिल्लो बहिर्गमनको व्यवस्था अनुरूप नेपाल फर्किन चाहने नेपालीहरुको लागि फारम तथा कागजात संकलन गर्न साउदी अरब स्थित नेपाली राजदूतावासले सहयोग गर्ने भएको छ । साउदी सरकारले साउदी अरबमा रोजगारीमा रही विविध कारणले अकामा नबनेका वा अकामा नवीकरण नगरेका वा नभएका, कम्पनी छोडी भागेका, सार्वजनिक सजाय नपाएका वा सजाय भुक्तानी गरिसकेका विदेशी कामदारहरुका लागि वहिर्गमनको व्यवस्था गरेको छ । 

साउदी सरकारले ल्याएको यो बहिर्गमन योजना अन्तर्गत स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फिर्कन आवश्यक पर्ने फारम र कागजातहरु राखी पत्रसहित सम्बन्धित श्रम कार्यलयमा जानका लागि नेपाली राजदूतावासले माघ १८ गते (१ फेब्रुअरी २०२०) हाफर अल बातिनमा कर्मचारीहरु खटाई फारम र निवेदन संकलन गर्ने भएको छ । दिउँसोको १२ बजे देखि ४ बजे सम्म तोकिएको स्थानमा उपस्थित भई फारम भरेर बहिर्गमन व्यवस्थाको फाइदा लिई स्वदेश फर्किनुहुन दुतावासले अनुरोध गरेको छ । कुनै समस्या भएमा सम्पर्क व्यक्तिका रुपमा सविन परियार (फोन नं. 0593258235) लाई कल गर्न सकिने दुतावासले जनाएको छ । 

तोकिएको स्वरूपको निवेदन (निवेदनको ढाँचा कार्यक्रम स्थलमा रहनेछ), अकामाको प्रतिलिपि-३ प्रति र  राहदानी र भिषाको प्रतिलिपी ३ प्रति आवश्यक पर्ने दुतावासले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!