कुवेत घटनाबारे यथार्थ जानकारी दिन सरकारलाई मानव अधिकारको ध्यानाकर्षण

Posted on: 14 Feb, 2020

फागुन २, काठमाडौं | बुधबार कुवेतको एक निर्माण स्थलमा ६ जना नेपालीहरुको मत्यु हुने गरी भएको घटनाबारे यथार्थ जानकारी गराउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई अनुरोध गरेको छ | आयोगले घटनाबारे यथार्थ जानकारी गराउन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्र पठाएको छ | 

बुधबार भएको उक्त घटनामा ६ जना नेपालीको ज्यान गएको र २ जना घाइते भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ | निर्माणस्थलमा ढुंगासहितको ढिस्कोले पुरिँएर मृत्यु र घाइते भएकाहरुलाई निःशुल्क उपचार गर्न, आवश्यक राहत, क्षतिपूर्ति उपलब्ध गाराउन आयोहले माग गरेको छ | 

वैदेशिक रोजगारीमा गएका कामदारहरुको सुरक्षा तथा उनीहरुको मानव अधिकारको सुनिश्चितताको लागि दीर्घकालीन कार्ययोजना र नीति बनाएर आवश्यक सुरक्षा व्यवस्था मिलाउन मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ |

यो पनि पढ्नुहोस् 

कुवतेमा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु, ४ जनाको पहिचान खुल्यो (नामावली सहित)

कुवेतमा निर्माणस्थलमा पुरिएर ४ नेपालीको ज्यान गयो,३ घाइते

यस बिषयमा तपाइको प्रतिक्रिया...!