अब नेपालीले भारती विमानस्थल प्रयोग गरेर विदेश जान नपाउने,दुतावासको यस्तो आग्रह

Posted on: 17 Feb, 2020

फागुन ५, काठमाडौँ | नेपालबाट भारत हुँदै तेश्रो मुलुक जाने नेपाली युवाले भारतीय विमानस्थलबाट जान नपाउने भएका छन् | भारत सरकारले नेपालबाट स्थलमार्ग हुँदै दिल्लीको विमानस्थलबाट विदेश जाने नेपालीलाई रोक लगाउने निर्णय गरेसंगै भारतको बाटो नेपालीले प्रयोग गर्न नपाउने भएका हुन् | 

भारतस्थित नेपाली राजदुतावासका अनुसार भारतीय बिमानस्थलमार्फत् विदेश जाने नेपाली युवालाई विमानस्थलमै रोक लगाइने भएको छ | भातमा रहेको नेपाली दुतावासले बिज्ञप्ति जारि गर्दै भारतीय बिमानस्थलमार्फत् विदेश जाने नेपाली युवालाई विमानस्थलमै रोक लगाइने भएकाले नेपालकै विमानस्थल प्रयोग गर्न सुझाव दिएको छ | 

भारत हुँदै तेस्रो मुलुक जानका लागि नेपालको अध्यागमन विभागले छाप लगाएको हुनुपर्ने तर स्थल मार्गबाट जाने नेपालीलाई पासपोर्टमा छाप लगाउने व्यवस्था अध्यागमन विभागले नगरेको भन्दै दुतावासले नेपाली विमानस्थलमार्फत नै गन्तव्यतर्फ जान सुझाव दिएको हो |

नेपालको अध्यागमन विभागको छाप नभएको राहदानीबाहक भारतीय बिमानस्थल प्रयोग गरी तेस्रो मुलुक जान नपाउने व्यवस्था रहेको भन्दै समस्याबाट बच्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै प्रयोग गर्न दुतावासले विज्ञप्ति मार्फत जानकारी दिएको छ |

हेर्नुहोस् विज्ञप्ति :




यस बिषयमा तपाइको प्रतिक्रिया...!