टर्की र ग्रीस जाने आशामा ३२ जनाले गुमाए ४० लाख, ठगी गर्ने पक्राउ

Posted on: 23 Feb, 2020

फागुन ११, काठमाडौँ | वैदेशिक रोजगारीका लागि टर्की र ग्रीस जान पाइने आशामा रहेका ३२ जना ठगीमा परेका छन् । राम्रो काम र तलबमा जान पाउने प्रलोभनमा पर्दा ३२ जना ठगिएका हुन् । ठगिमा परेकाहरुले ३९ लाख ५७ हजार रुपैयाँ गुमाएका छन् ।

कामदार भिसामा आकर्षक तलब सुविधा रहेको बताएर एक जना व्यक्तिले ठगेपछि पीडित महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु पुगेका थिए । प्रहरीले अनुसन्धानपछि मोरङको रतुवामाई–६, बुधबारे घर भई काठमाडौंको चुच्चेपाटी बस्ने ५२ वर्षीय कमलप्रसाद पोखरेललाई पक्राउ गरेको छ ।

ठगि गर्ने पोखरेललाई प्रहरीले बिहीबार टेकुबाट पक्राउ गरेको हो । पक्राउ परेका पोखरेललाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!