फ्रान्स पठाई दिने भन्दै ३८ लाख ठगी गर्ने महिला पक्राउ

Posted on: 28 Feb, 2020

फागुन १६, काठमाडौँ | वैदेशिक रोजगारका लागि फ्रान्स पठाइदिन्छु भन्दै तीन जनालाई ठगि गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् | प्रहरीले रुपन्देही घर भइ काठमाण्डाै तारकेश्वर नगरपालिका-१९, मनमैजु बस्ने पूर्णिमा श्रीषलाई ठगीको आरोपमा पक्राउ गरेको हो |

प्रहरीका अनुसार श्रीषले आकर्षक तलबको  प्रलोभन देखाउँदै फ्रान्स पठाइदिने भन्दै ३ जना व्यक्तिबाट ३८ लाख ५० हजार रुपैयाँ असुलेको छ | रकम ठगी गरेर भागेपछि पीडित शीरबहादुर थापाले गएको माघ २८ गते उजुरी दिएका थिए |

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पूर्णिमालाई मनमैजुबाटै पक्राउ गरेको हो | पक्राउ परेकी पूर्णिमालाई थप कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डाैमा पठाइएको महाशाखाले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!