विदेशबाट नेपाली फर्काउने विषयमा मन्त्रीपरिषद बैठकले कुनै निर्णय गरेन

Posted on: 22 May, 2020

जेठ ९, काठमाडौं । विदेशमा रहेका तथा कोरोना भाईरस (कोभिड १९) महामारीका कारण स्वदेश फर्किन चाहने नेपालीका सन्दर्भमा शुक्रवार बसेको मन्त्रीपरिषद बैठक कुनै निर्णय नगरी सकिएको छ । आजको मन्त्रीपरिषद बैठकमा यस सम्वन्धमा कुनै निर्णय हुने अपेक्षा गरिएको भएपनि मन्त्री परिषद बैठकले यसका विषयमा कुनै निर्णय गरेन ।

शुक्रवार छोटो समयका लागि बसेको मन्त्री परिषद बैठकले सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्सा अनुरुप संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधनका लागि सदनमा प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!