नेपाल फर्कन अनलाईन फारम भरेकाहरुलाई सम्पर्कमा आउन दुतावासको अनुरोध

Posted on: 27 May, 2020

जेठ १४, काठमाडौं । तत्काल स्वदेश फर्किन र्ईच्छुक रहेको भन्दै दूतावासले उपलव्ध गराएको अनलाईन फारम भरेका तर फारममा उपलव्ध गराइएको मोवाईल नम्वरमा सम्पर्क हुन नसकेको भन्दै त्यसरी फारम भरेका र दूतावाससँग सम्पर्क हुन नसकेकोहरुलाई यथाशिघ्र सम्पर्क गर्न बहराइन स्थित नेपाली दूतावासले सूचना निकालेको छ ।

दूतावासले निकालेको सूचनामा बहराइनमा कार्यरत रहेका र समस्यामा परेका नेपालीका समस्याहरुलाई एकिकृत गरी समाधान गर्ने उद्देश्यले दूतावासले तयार पारेको फारम भर्नेहरुको खोजि दूतावासले सुरु गरेको हो । तर त्यसरी खोजि गर्दा तत्काल नेपाल जानु पर्ने भन्दै फारम भरेकाहरु मध्ये कतिपयको मोवाईल नम्वरमा सम्पर्क हुन नसकेको दूतावासले जनाएको छ । त्यसरी फारम भर्नेहरुलाई राजदूतावासको सम्पर्क नम्वरहरुमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

फारम भरेका तथा फारममा उपलव्ध गराएको मोवाईल नम्वर फरक परेकाहरुले मनामा, बहराईन स्थित दूतावासको टेलिफोन नम्वर १७७२ ५५८३ मा फोन गर्न सक्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!