खाडीका यी देशमा कार्यालयहरु खोल्ने तयारी, हवाई सेवा सुरु हुँदै

Posted on: 28 May, 2020

जेठ १५, काठमाडौं । संयुक्त अरव ईमिरेट्स (युएई), साउदी अरेविया लगाययतका मुलुकहरुले कोरोना भाईरस (कोभिड १९) को संक्रमणका त्रासलाई पन्छाउँदै दैनिकी सामान्य तर्फ फर्काउने तयारी थालेका छन् ।

साउदी अरेवियाका सरकारी अधिकारीहरुले पनि नीजि क्षेत्रले छिट्टै नियमित काम सुरु गर्न सक्ने बताएका छन् । साउदी अरेवियाको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले बुधवार नीजि क्षेत्रले चाँडै नियमित काम सुरु हुने जानकारी दिएको हो ।

मन्त्रालयले मुलुकको स्वास्थ्य निर्देशिका अनुरुपको कार्यस्थल तयार पार्न नीजि क्षेत्रका रोजगारदाताहरुलाई जानकारी गराएको छ । सुरुमा कफ्र्यू नै लगाएको साउदी अरेवियाले कार्यथलोबाट काम गर्नेगरी तीन चरणको तयारी गरेको अरव न्यूजले लेखेको छ ।

यसअघि नै साउदी अरेवियाले आन्तरिक हवाई सेवा सुरु गर्ने घोषणा गरिसकेको छ। आगामी आइतवार देखि हवाई सेवा सुरु हुनेछ । एक महिना भित्रै सामान्य दैनिकीमा फर्किने योजना सहित साउदी अरेवियाले तीन चरणको कार्ययोजना बनाइसकेको छ ।

त्यस्तै युएईले आगामी आइतवार (मे ३१) देखि सरकारी कार्यालयहरुमा ५० प्रतिशत कर्मचारी उपस्थीत भएर काम गर्ने निर्णय गरेको छ । यो क्रमशः नियमित काम सुरु गर्ने युएई सरकारको योजना अनुरुप भएको जनाइएको छ । गर्भवती महिला, पुरानो स्वास्थ्य समस्या भएकाहरु, बढी उमेरका कर्मचारीहरुले भनें कार्यालय नआई काम गर्ने सुविधा पाउनेछन् । आगामी जुन १४ तारिखदेखि सरकारी कार्यालयहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरु कार्यालयमा उपस्थित भएर काम गर्ने युएई सरकारले निर्णय गरेको गल्फ न्यूजले लेखेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!