म्यानमारबाट २६ नेपाली काठमाडौं आइपुगे (फोटो फिचर सहित)

Posted on: 05 Jun, 2020

मनोज पराजुली । जेठ २३, काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपालीलाई काठमाडौं ल्याइएको हो ।

म्यानमारमा रोकिएका २६ जना नेपाली अन्तरास्ट्रिय विमानस्थल आइपुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। सोहि जहाजले नेपालबाट फर्कदा ४३ जना म्यानमारका नागरिक लिएर फर्कने त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले साझा सवाललाई बताए । 

उनीहरुलाई विमानस्थलबाट नेपाली सेनाको गाडी मार्फत लगेर आ आफ्नो प्रदेशको जिम्मा लगाइन्जेल सरकारले होल्डिङ सेन्टरमा राख्ने तयारी हुँदै छ । प्रदेश १ र २ कालाई भक्तपुर, बागमती, गण्डकी र प्रदेशं ५ कालाई काठमाडौं तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुरका होल्डिङ सेन्टरमा राखिनेछ ।

उनीहरुलाई राख्नका लागि उपत्यकाका तीन जिल्लाका ८ वटा पार्टी प्यालेस तय भएका छन् । प्रदेश १ का लागि सूर्यविनायक नगरपालिका ५ स्थित इम्पेरिअल बैन्क्वेट र प्रदेश २ का लागि मध्यपुरठिमी नगरपालिका ४ स्थित होटल हेरिटेज पार्टी प्यालेसलाई होल्डिङ सेन्टरको रुपमा व्यवस्थापन गरेको छ। वागमती, गण्डकी र प्रदेश नं ५ कालाई धुम्बाराहीको स्काइजोन पार्टी प्यालेस, चप्पल कारखानाको कुण्डलिनी दरबार बैन्क्वेट र बसुन्धराको यति इभेन्ट्समा राखिनेछ ।

कर्णाली र सूदुरपश्चिम प्रदेशकालाई ललितपुरमा राखिने छ। उनीहरुलाई राख्नका लागि तीनवटा सेन्टर तय भएका छन् । उनीहरुलाई धोविघाटको सिद्धार्थ कटेज, मानभवनको डिलाइट पार्टी भेन्यु र ग्वार्कोको मण्डला पार्टी प्यालेसमा राखिने भएको छ ।

हेर्नुहोस् फोटो फिचर 


तस्बिर: साझासबाल 

यस बिषयमा तपाइको प्रतिक्रिया...!