युएईबाट एक सय ५१ नेपाली लिएर नेपाल उड्यो हिमालय एयरलाइन्स

Posted on: 21 Jun, 2020

योगेन्द्र योगी | असार ७, दोहा | कोरोना भाइरसको कारण समस्या परेका एक सय ५१ जना नेपाली लिएर आबुधावीबाट हिमालय हिमालय एयरलाइन्स काठमाडौँको लागि उडेको छ ।

हिमालय एयरलाइन्सको उडान नम्बर एच–९ (५६७२) मार्फत फर्कनेहरुमा २५ महिला र १ सय २६ पुरुष रहेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ । 

आज फर्कनेहरुमा दूतावासको प्राथमिकतामा परेकाहरु छन् भने केहिलाई रोजगारदाता कम्पनीले टिकट दिएका थिए र कोही आफैले टिकट काटेर स्वदेश फर्किएका हुन । 

स्वदेश फर्किनेहरुलाई बिदाई गर्न नेपाली दूतावासका श्रम सहचारी मोतिराम भुसाल,श्रम काउन्सिलर निर्मला थापा जनसंपर्क अधिकृत इरफान आलम लगायत विमानस्थल पुगेका थिए । फर्किनेहरुको निःशुल्क रुपमा कोरोना परीक्षण गरिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!