दूतावासले भन्यो : बढी हवाई भाडाको भ्रामक हल्ला नपत्याउनु

Posted on: 22 Jun, 2020

असार ८, काठमाण्डौ। कुवेत स्थित नेपाली दूतावासले कुवेतबाट नेपालका लागि ४ सय १० अमेरिकी डलर हवाई भाडा तोकिएको भन्दै त्यस विपरितको भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ । दूतावासले हालै सामाजिक सञ्जालमा हिमालय एयरलाइन्सको उडान भाडा १ सय ९० कुवेती दिनार रहेको जसमा कोरोनाको जाँच समेत गरिने भनि प्रचार गरेको बुझिन आएको भन्दै यसमा स्पष्ट पारेको हो ।

यसरी धेरै भाडा तोक्न दूतावासको कुनै भूमिका नरहेको र दूतावासले जारी गरेको सुचनामा पनि यस सम्वन्धमा कुनै कुरा नलेखिएको बताएको छ । दूतावासले आधिकारिक सुचनालाई मात्र आधार मान्न आग्रह गरेको छ ।

कुवेत स्थित नेपाली दूतावासले गत गत असार ४ गते जारी गरेको सुचनामा कुवेतबाट नेपालका लागि एकतर्फी हवाई भाडा ४ सय १० अमेरिकी डलर बरावरमात्र रहेको उल्लेख छ जुन कुवेती दिनारमा झण्डै १ सय २७ हुन आउँछ । तर हिमालय एयरलाइन्सले आगामी उडानका लागि प्रतिव्यक्ति १ सय ९० को भाडादर सार्वजनिक गरेको भन्दै यसको विरोध सुरु भएपछि दूतावासले प्रष्ट पारेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!