भोली ७०० भन्दा बढी नेपाली स्वदेश फर्कदै, यी ५ उडान हुनेछन्

Posted on: 23 Jun, 2020

असार ९, काठमाडौँ | कोरोना भाइरसको प्रकोप बढेसँगै नेपाल सरकारले विभिन्न देशबाट चार्टर्ड उडानमार्फत नेपालीलाई स्वदेश ल्याउने क्रम जारी राखेको छ । यसै क्रममा आज १४ अन्तर्राष्ट्रिय उडान गरिए भने भोली बिभिन्न १० अन्तराष्ट्रिय उडान हुनेछन् । 

बुधबार उडान हुने १० अन्तराष्ट्रिय उडान मध्ये ५ अवतरण उडान हुनेछ भने ५ प्रस्थान उडान हुनेछ । भोली हुने उडानमा हिमालयन एयरलाइन्सले साउदीको दम्मामबात १५४ जना, सोहि एयरलाइन्सले युएईको आबुधावीबाट १५४ जनालाई स्वदेश फिर्ता ल्याउनेछ । 

त्यस्तै अर्को उडान नेपाल एयरलाइन्सले साउदीको जेद्दाबाट नेपालीहरुलाई ल्याउदैछ, उक्त विमानमा कति आउनेछन् भन्ने तय भएको छैन । त्यस्ता हिमालयन एएरलाइन्सले कुवेतबाट १५४ जना नेपालीलाई ल्याउनेछ । 

त्यस्तै बुधबारनै तुर्किस एयरलाइन्सले २८० जना यात्रुलाई नेपाल ल्याउनेछ । 

तल सूचीमा हेर्नुहोस् भोलीका अन्तर्राष्ट्रिय उडान सुची 


यस बिषयमा तपाइको प्रतिक्रिया...!