साउदीको जेद्दाबाट २५३ जना नेपाली लिएर उड्यो नेपाल एयरलाइन्स

Posted on: 24 Jun, 2020

योगेन्द्र योगी | असार १०, दोहा | कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरु अहिले धमाधम स्वदेश फर्की रहेका छन् आज पनि साउदी अरबको जेद्दा शहरस्थित किङ अब्दुलजिज विमानस्थ बाट २५३ जना नेपाली यात्रु बोकेर नेपाल एयरलाइन्सको उडान न: २१९४ जहाज काठमाण्डौको लागि उडेको छ । 


कोरोना लगायत लामो समय देखी नेपाल फर्कनको लागि नेपाली कन्सुलेट जनरल जेद्दामा जानकारी गराइ वा फाराम भरी नेपाल फर्कन प्रतिक्षा गरेर बसेका जेद्दा र आसपासका क्षेत्रमा रहेका नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको चार्टर जहाज जेद्दा पुगेको थियो ।


यता, आजै कोरोनाको कारण नेपाल फर्कन नपाएका श्रमिकहरू मध्ये १५४ जना नेपाली श्रमिकहरू लिएर साउदी अरबको दम्माम बाट हिमालय एयरले दोस्रो उडान गरेको छ । 

दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ । रियादस्थित नेपाली दूताबास र जेद्दास्थित महावाणिज्य दूतावासबाट १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भरेका थिए । यसअघि साउदीबाट ३ वटा उडानमार्फत ४ सय नेपालीहरु स्वदेश फर्किसकेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!