कतारबाट तेश्रो उडान मार्फत १ सय ५८ जना नेपाली लिएर उड्यो हिमालय एयरलाइन्स

Posted on: 25 Jun, 2020

योगेन्द्र योगी | असार ११, दोहा | कोरोना भाइरसले पारेको असहज परिस्थितिको कारण स्वदेश फर्किन नपाएका तथा कतारस्थित नेपाली दूतावासमा घर फर्किन पाऊ भन्दै फारम भरेका प्रथामिकताको आधारमा परेका १५८ जना नेपाली लिएर हिमालय एयरलाइन्स हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँका लागि उडेको छ । 

तेश्रो चरणमा हिमालय एयरलाइन्सको उडान न: एच ९५६३२ बाट १४६ जना पुरुष ,१० जना महिला २ जना बच्चा सहित १ सय ५८ जना नेपालीहरू स्वदेश फर्किएका छन्  । स्वदेश फर्कन लागेका नेपालीहरुलाई बिदाई गर्न एनआरएनए प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।  

अब अर्को उडान २७ जुन अर्थात् असार १३ गते नेपाल एयरलाइन्स मार्फत हुने छ भने उक्त उडानबाट समस्यामा परेका १७४ जना नेपालीको सूची दूतावासले सार्वजनिक गरिसकेको छ ।

उक्त उडान अनुमतति र यो सूचीमा परेका व्यक्तिहरु कतारको सम्बन्धित निकायबाट क्लियरेन्स प्राप्त गर्नका लागि आवश्यक पत्राचार भैसकेको र सो अनुमित प्राप्त भएपछि मात्र उडान गर्न सकिने दूतावासले जनाएको छ । 

यस अघि आममाफी पाएका ४३ जना,२० वटा शव, नेपाल एयरलाइन्स मार्फद एक सय ४९ जना र हिमालय एयरलाइन्स मार्फद १४५ जना स्वदेश फर्किसकेका छन् । दूतावासले अर्को उडानको सूची सार्वजनिक गरे पनि मिती भने तोकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!