कतारबाट पाँचौ पटक १० शवसहित २ सय ६४ जना लिएर फर्कियो नेपाल एयरलाइन्स

Posted on: 30 Jun, 2020

योगेन्द्र योगी | असार १६, दोहा | कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज पाँचौ पटक नेपाल एयरलाइन्सको उडानमार्फत् कतारबाट २ सय ६४ जना नेपाली स्वदेश फर्केका छन् ।

कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले दिएको जानकारी अनुसार पहिलो चरणको पाँचौ उडानमार्फत् २२ जना महिला र २ सय ४२ जना पुरुष रहेका छन् । 


दोहाबाट काठमाण्डौका लागि उडेको सो जहाजमा कतारमा बिभिन्न समयमा मृत्यु भएका १० जना नेपालीको शव पनि नेपाल पठाईएको सचिव भट्टराईले बताए । प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्धार उडान मार्फत् काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।

उनीहरुलाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए कतारका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । यसैगरि आजै अर्को उडान हिमालय एयरलाइन्स मार्फद हुने दूतावासले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!