यूएईको ट्रान्सगार्ड ग्रुप कम्पनीमा ठूलो सङ्ख्यामा नेपाली कामदार अलपत्र (फोटो र भिडियो सहित)

Posted on: 07 Jul, 2020

योगेन्द्र योगी | असार २३, दोहा | कोरोनाको कारण कम्पनी बन्द भएपछि यूएईमा ठूलो सङ्ख्या नेपाली कामदार अलपत्र परेका छन् । यूएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा कार्यरत बिभिन्न क्याम्पमा गरि २ हजार देखि २५ सय भन्दा बढी नेपाली काम बिहिन भएर अलपत्र अवस्थामा रहेको काभ्रेका जयराम नेपाल (जीकी)ले जानकारी दिएका छन् ।

उनका अनुसार उनी बसेका क्याम्पमा मात्र ५ सय देखि २ हजार ५ सय नेपालीहरु विगत चार महिना देखि काम बिहिन भएर बसेका छन् भने अन्य क्याम्पमा बसेका नेपालीहरुको पनि समस्या उस्तै रहेको छ । 

अहिले ती कामदारहरु मध्ये ७० प्रतिसतले मात्र काम पाएका छन् भने बांकी ३० प्रतिसत काम बिहिन भएर चार महिनादेखि कोठामै बस्न बाध्य छन् ।  


"कम्पनीले अहिलेसम्म बिहान बेलुकी दुई छाक खान दिएको तर अब कम्पनीले हामी पाल्न नसक्ने भनेपछि आफूहरु थप समस्या परेका छौ" जयराम भने । अन्य देशको विमानस्थल खुल्दा नेपालको विमानस्थल नखुल्नु हाम्रो गल्ती हैन भन्दै कम्पनी पन्छिन थालेको उनले बताए । 

कम्पनीको भनाइ अनुसार अन्य मुलुकका नागरिक हरुलाइ कैले आफै फ्लाइट चार्टर गरेर त कैले रेगुलर फ्लाइटमा आफ्नो मुलुक पठाईसके जुन हामीले देखिरहेका छौ ।

उनका अनुसार कति पयले यूएईस्थित नेपाली दूतावासले उपलब्ध गराएको अनलाइन फारम भरेको र ती मध्येबाट ५०/६० जनाको नाम आएको छ । अब के बांकी अलपत्र परेकोहरु  घर जान नपाउने त ? यो समस्या पटक पटक दूतावासमा राख्दा पनि हाम्रो गुनासो पनि नसुनेको उनले बताए ।  


अन्य धेरै नेपाली कामदारले कम्पनीले पठाउछ भनेर फारम नै नभरेको र कतिपयलाई फारम भर्ने बारे कुनै पनि जानकारी नभएकोले अवस्था झन् जटिल बनेको उनले बताए ।

उनी भन्छन् यहाँ कम्पनीले हामी आफै विमान चार्टर गरेर नेपाल पठाइ दिन्छौ भन्छ दूतावासले अनुमती दिदैनन् । "कम्पनीले यहि जुलाई १५ तारिखसम्ममा कि टिकट काटेर ल्याऊ होइन भने अन्य काम खोजेर अफर लेटर ल्याऊ अब हामी पाल्न सक्दैनौ भनेको पनि आज ५ दिन भयो" उनले भने । 


दूतावासको लिस्टमा नाम आउनेहरुलाई पनि कम्पनीले टिकट उपलब्ध गराएको छैन । अपिसमा गएर सोध्यो भने तिमीहरु आफै टिकट काटेर आउ हैन भने पर्ख कम्पनीले आफै पठाउछ भन्छ न त हामी सँग टिकेट काट्ने पैसा नै छ । 

फ्लाइट उद्दार उडान भएको १६ दिन बितिसक्दा एक जना नेपाली पनि ट्रान्सगर्ड ग्रुप कम्पनीबाट स्वदेश फर्कन सकेका छैनन् । ट्रान्सगार्ड यूएईको सबै भन्दा ठूलो सप्लाई कम्पनी हो । 

आफूहरुको समस्या नेपाल सरकार,नेपाली दूतावास लगायत सम्बन्धित निकायसम्म पुर्याइ दिन विभिन्न संचार माध्यमलाई  अनुरोध गरेको उनले बताए । यता यस बिषयमा यूएईमा रहेको नेपाली दूतावासमा बुझन खोज्दा सम्पर्क हुन् सकेन । 

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!