कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

Posted on: 14 Jul, 2020

असार ३०, काठमाडौँ | दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका छन् । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द गरेपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले उडान सञ्चालन गर्नुपर्ने माग गर्दै आज माइती घर मण्डलामा प्रदर्शन गरेका हुन् । कोभिड–१९ को जोखिम बढ्दै गएपछि सरकारले गत चैत ११ गतेदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गरेको छ । 

प्रदर्शनमा सहभागीले  ‘कि रोजगारी दिनुपर्यो, कि कोरिया जान दिनुपर्यो’ र ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान नियमित गरियोस्’ लेखिएका प्ले कार्ड बोकेका थिए । प्रदर्शनमा सहभागी दीपेश लामिछानेले स्वदेशमा रोजगारी नभएको अवस्था कोरियाका लागि सबै प्रक्रिया पूरा भइसकेको बताउँदै जतिसक्दो चाँडो अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!