कतारबाट नेपालका लागि थप ६ वटा उडान तय, हेर्नुहोस् उडान तालिका

Posted on: 16 Jul, 2020

साउन १, काठमाडौं । कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि कतारबाट नेपाल एयरलाइन्सका तीन तथा हिमालय एयरलाइन्सका तीन गरी ६ वटा उडानहरु तय भएका छन् । दुवै एयरलाइन्सका आगामी १७, १८ र २० जुलाई २०२० का लागि उडान तय भएको भन्दै कतार स्थित नेपाली दूतावासले प्राथमिकता सूचिमा रहेकाहरुलाई सम्वन्धित एयरलाइन्समा सम्पर्क गरेर टिकट काट्न अनुरोध गरेको छ ।

दूतावासद्धारा जारी सूचना अनुसार दूतावासको वेवसाईटमा नेपाल फर्कने फारम भरेरकाहरुलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप सूचि बनाइएको भन्दै सो सूचिमा परेकाहरुलाई फर्किने टिकट काट्न सूचित गरेको हो ।

नेपाल फर्किन चाहनेहरुको नामावली स्वीकृतिका लागि कतारको गृह मन्त्रालयमा पठाइएको र स्वीकृति प्राप्त नभएका व्यक्तिको हकमा स्वीकृति प्राप्त भएपछि मात्र यात्रा गर्न सकिने दूतावासले जनाएको छ ।यसैगरी नेपाल एयरलाइन्सको यस अघिका उडानका लागि प्रकाशित सूचिमा नाम भएका तर विविध कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत आगामी उडानहरूका लागि टिकट काट्न सक्ने जनाइएको छ ।

स्वदेश फर्किन चाहनेहरुले कतारले सञ्चालन गरेको Ehteraz App प्रयोग नल्याएमा उडान गर्न नसक्ने भएका कारण सो एप आफ्नो मोवाईलमा डाउनलोड गर्न पनि दूतावासले अनुरोध गरेको छ । यसैगरी रोजगारदाताले भागेको भनेर रीपोर्ट गरेका व्यक्तिहरुले एयरलाइन्सबाट आइटीनरी सहितको हवाई टिकट लिएर सर्च एण्ड फलो अप डिपार्टमेण्टमा आफैं गएर सो हवाई टिकटमा सो डिपार्टमेण्टको छाप लगाई अनिवार्य रुपमा स्वीकृति लिएर मात्र उडान गर्न सकिने पनि दूतावासले स्पष्ट पारेको छ । कतारबाट नेपाल फर्किन ३ सय ९२ अमेरिकी डलर (कतारी रियाल १ हजार ४ सय ३०) तोकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!