नेपालमा थप १८६ जनामा कोरोना, कुन जिल्लाका कति ?

Posted on: 20 Jul, 2020

साउन ५, काठमाडौँ | नेपालमा आज थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । 

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यसको पुष्टि गरेका छन् । मन्त्रालयका अनुसार देशभरका २७ वटा प्रयोगशालामा गरिएको ४ हजार २१६ पीसीआर परीक्षणमा थप १८६ जनामा कोरोना भाइरस देखिएको हो । 

त्यस्तै हालसम्म कोरोना मुक्त हुनेको संख्या ११ हजार ८६८ पुगेको छ । मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख १९ हजार ८७२ परीक्षण गरिएका छन् । जसमा पछिल्लो २४ घन्टामा मात्र ४ हजार २१६ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २२८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ९३६ जना रहेको मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टाको अपडेट: कुन जिल्लामा कति संक्रमित ? 

जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा सुनसरीका ६ जना, झापाका १ जना, इलामका १ जना, मोरङका १ जना, झापाका २ जना, सिरहाका १ जना, सप्तरीका ९ जना, धुनषाका २ जना, पर्साका ४ जना, बाराका ४६ जना, काठमाडौँका २ जना, सर्लाहीका २३ जना, सोलुखुम्बुका ४ जना, ललितपुरका १ जना, कास्कीका ८ जना, लमजुङका १ जना, तनहुँका २ जना, स्याङ्जाका १ जना रहेका छन् ।

त्यस्तै बाँकेका २ जना, रोल्पाका ४ जना, सल्यानका ३ जना, रुकुम पूर्वका ७ जना, दाङका ६ जना, दैलेखका २ जना, सुर्खेतका ४ जना, हुम्लाका १ जना, कालिकोटका १ जना, डोटीका ४० जना, कैलालीका १ जना रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!