कतारमा रोजगारी गुम्यो, यसरी पाइन्छ पुनः रोजगारी

Posted on: 22 Jul, 2020

योगेन्द्र योगी । साउन ७, दोहा। कतार सरकारले रोजगारी गुमाएको श्रमिकहरूको लागि पुन: रोजगारी दिने भएको छ । कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय र कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको सहयोगमा कतारमा रहेको स्थानीय श्रमिकहरुको पुन: रोजगारीको लागि अनलाइन फारम सुरु गरेको हो ।

कोरोना सङ्क्रमणका कारण रोजगारी गुमाएका तथा भिसा रद्द भएर बसेका आप्रवासी कामदारहरूका लागि कतारको प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयलसंग सहकार्य गरि पुनः रोजगारीको अवसर खुल्ला गरिएको जनाएको छ  ।

रोजगारी गुमाएर बसेका जुनसुकै देशका आप्रवासी कामदारहरूले अनलाइन मार्फत पुन: रोजगारका लागि आवेदन दिन सकिने र सो अनलाइन फारम कतार चेम्बर कमर्सले उपलब्ध गराएको छ । 

कतार सरकारको यो पहलले आप्रवासी कामदारहरूको कष्ट धेरै हदसम्म कम गर्ने एनआरएनए  कतार अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए । कतारको श्रम मन्त्रालयले अपनाएको प्रक्रिया अनुसार यस परियोजनाले उनीहरूलाई आफूले रोजेको कम्पनीमा नयाँ रोजगारीको अवसर प्रदान गर्ने अध्यक्ष मुसलमानले बताए ।

श्रमिकहरूको हकहितको लागि क़तार सरकारले उठाएको कदम तथा सराहनीय कार्य प्रति गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद आभार प्रकट गरेको छ । कतार सरकारको यो निणर्य कतारमा रोजगारी गुमाएर बिगत लामो समयदेखि कोठामै बस्न बाध्य धेरै नेपाली श्रमिकहरुलाई फाइदा पुग्ने छ । 

कतारबाट झन्डै १२ हजारले स्वदेश फर्किन आफ्नो नाम टिपाए पनि हालसम्म विभिन्न चरणमा गरि ३ हजार ३ सय १७ जना मात्र स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएका छन् । निबेदन दिन यहाँ क्लिक गरि यहाँ क्लिक फारम भर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!