कतारबाट २१ औ उडानमार्फत १५० जना नेपाली स्वदेश फर्किए

Posted on: 02 Aug, 2020

योगेन्द्र योगी | साउन १८, दोहा | कोरोना भाइरस लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट आज १५०  जना नेपाली स्वदेश फर्किए छन् । 

दोहाबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको  जहाजमा ८ महिलासहित १५० जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव भुवन भट्टले जानकारी दिएका छन् । 

यस्तै सो जहाजमा कतारमा विभिन्न समयमा मृत्यु भएका दुई वटा शव पनि अन्तिम सस्कारको लागि नेपाली पठाईएको सचीव भट्टले बताए । 


स्वदेश फर्कन लागेकालाई बिदाई गर्न दूतावासका द्वितीय सचिव भुवन भट्ट लगायत नेपाली संघसस्था प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।  

अर्को उडान अगष्ट ३ र ४ मा नेपाल  एयरलाइन्स तथा अगष्ट ३, अगष्ट ५ मा हिमालय एयरलाइन्सले उडान गर्ने तय भएको दूतावासले जनाएको छ । दूतावासले सार्वजनिक गरेको नामावलीमा नाम आएकाहरुलाई टिकट खरिद गरि तयारी अवस्थामा बस्न पनि अनुरोध गरेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!