कतार जान कोरोना रिपोर्ट चाहिने, नेपालबाट यी ९ स्वास्थ्य संस्थाको रिपोर्टलाई मात्र मान्यता

Posted on: 10 Aug, 2020

साउन २६, काठमाडौँ | भदौ १ गतेदेखि नेपालले बिभिन्न देशमा नियमित उडान गर्ने जनाएको छ । यसै बीच बिदामा आएका वा नयाँ श्रम स्वीकृति लिएर कतार जान चाहेका नेपालीहरु भदौ १ देखि नियमित उडानमा कतार जान पाउने आशामा छन् ।

यसैबीच कतार एयर वेजले नेपालबाट कोभिड १९ परीक्षणका लागि मान्यता प्राप्त स्वास्थ्य संस्थाको जानकारी दिएको छ  । अगस्ट १३ देखि केहि देशका विमानस्थलबाट कतार जाने यात्रूहरुले अनिवार्य कोरोना नेगेटिभको रिपोर्ट पेश गर्नुपर्ने छ ।

एयरलाइन्सका अनुसार मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट यात्रा गर्नुभन्दा ७२ घण्टाभित्र कोभिड १९ को परीक्षण गरिएको रिपोर्ट मात्र मान्य हुने जनाएको छ । 

कतार एयरवेजले नेगेटिभ सर्टिफिकेट नभएका र एयरवेजका फारम नभरेका यात्रूहरुलाई कतार प्रवेश गर्न नदीइने जनाएको छ । तर १२ आफूसँग यात्रा गर्ने आफ्नो १२ बर्ष भन्दा कम उमेरमा बालबालिकाको भने कोरोना रिपोर्ट नचाहिने एयरवेजले जनाएको छ । 

कतार एयरवेजका लागि यी स्वास्थ्य संस्थाबाट मात्र कोरोना रिपोर्ट लिनुहोस् 

१. स्टार हस्पिटल, सानेपा हाइट 

२. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन

३. केएमसि हस्पिटल, सिनामंगल

४. हंस हस्पिटल, धुम्बाराही

५. सूर्य हेल्थ केयर, लाजिम्पाट

६. सेन्ट्रल डायग्नोसीस ल्याबरेटरी, कमलपोखरी

७. ग्रांडी अन्तराष्ट्रिय अस्पताल, टोखा

८. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

९. वीर अस्पताल, सुन्धारा 


माथिको तश्विरमा: कोरोना रिपोर्टको नमुना !


यस बिषयमा तपाइको प्रतिक्रिया...!