विदेशबाट दैनिक ल्याइने नेपालीहरुको संख्या कोटा तोकियो, काठमाण्डौकै क्वरेण्टीन बस्नुपर्ने

Posted on: 11 Aug, 2020

साउन २७, काठमाण्डौँ । सरकारले अब दैनिक अधिकतम पाँच सय जना नेपालीलाई मात्रै विदेशबाट उद्धार गरेर स्वदेश ल्याउने भएको छ । 

मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले सरकारले अनुमति दिएको र सम्बन्धित देशमा रहेको कुटनीतिक नियोगको सिफारिसमा दैनिक तीन सय जना मात्रै र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च बेहोर्ने गरी दैनिक दुई सय जनासम्म गरी दैनिक अधिकतम पाँच सय नेपाली स्वदेश ल्याउने गरी उडान गर्न अनुमति दिएको हो । 

यसरी देश फर्किएका नेपालीलाई काठमाण्डौमै तोकिएको स्थानमा क्वरेण्टीनमा राख्ने र सङ्क्रमणमुक्त भएको प्रमाणपछि मात्रै घर पठाउने निर्णय भएको छ । क्वरेण्टीनको व्यवस्था काठमाण्डौका तीन जिल्लाले गर्नेछन् ।

स्वदेश फर्किएको पाँचदेखि सात दिनभित्रमा पीसीआर परीक्षण गर्ने र सङ्क्रमणमुक्त भएको पुष्टिपछि मात्रै घर पठाउने व्यवस्था गर्न पनि मन्त्रिपरिषद्ले निर्देशन दिएको छ । 

माथिको तश्वीर: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल 

यस बिषयमा तपाइको प्रतिक्रिया...!