साउदी दूतावासले भोलिदेखि भिसा स्ट्याम्पिङको सेवा शुरु गर्ने

Posted on: 23 Sep, 2020

असोज ७, काठमाडौं । नेपालस्थित साउदी अरबियाको दूतावासले बिहीबार अर्थात भोलिदेखि भिसा स्ट्याम्पिङको सेवा प्रारम्भ गर्ने भएको छ । दूतावासले एक सूचना जारी गर्दै बिहीबारदेखि कामदारको वर्किङ भिसा, भिजिट भिसा र पुनः प्रवेशका लागि रिईन्ट्री भिसा जारी गर्ने बताएको छ ।

दूतावासले लकडाउनका कारण प्रयोग नभएको कामदारको वर्किङ भिसा क्यान्सिल गर्न रोजगारदाताको क्यान्सिेलेसन लेटरको आधारमा रद्ध गरी नयाँ निवेदन र मेडिकल रिपोर्टको आधारमा पुनः प्रयोग गर्न सकिने जनाएको छ । कोभिडका कारण रद्ध भएको भिसाको दस्तुर साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले विद्युतीय प्रणाली मार्फत फिर्ता दिने दूतावासले बताएको छ । कोभिडका कारण रद्ध भएको भिजिट भिसा पुनः प्राप्तिका लागि स्पोन्सर लेटरका साथमा निवेदन दिन सकिने पनि दूतावासको सूचनामा उल्लेख छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!