मलेसियामा टप ग्लोव्सका कम्पनी बन्द हुने, २ हजार भन्दा बढीमा कोरोना संक्रमण

Posted on: 24 Nov, 2020

मंसिर ९, काठमाडौँ |  मलेसियामा रहेको विश्वकै ठूलो ग्लोव्स उत्पादक कम्पनी टप ग्लोव्सका केहि कारखानाहरु केहि समयका लागि बन्द हुने भएका छन् | कम्पनीमा काम गर्ने २ हजार भन्दा धेरै श्रमिकलाई कोभिड-१९ (कोरोना भाइरस) को संक्रमण देखिएपछि कारखानाहरु अस्थायीरुपमा बन्द गरिने भएको हो |

ऐतिहासिक रुपमा धेरै नाफा कमाइरहेको सो कम्पनीका केहि कारखाना ठूलो संख्यामा श्रमिकहरुलाई कोभिड देखिएपछि बन्द गर्नुपरेको समाचार संस्था रोयटर्सले जनाएको छ | तत्काल  २८ वटा कारखाना बन्द हुने भएका छन | 

मलेसियाको स्वास्थ्य महानिर्देशक नुर हिसाम अव्दुल्लाका अनुसार ति कारखानामा काम गर्ने ५ हजार ७ सय ६७ जनाको परीक्षण गर्दा २ हजार ४ सय ५३ जना श्रमिकलाई कोभिड १९ को संक्रमण देखिएको  थियो | संक्रमित मध्ये  २ हजार ३ सय ६० जना विदेशी श्रमिक रहेको बताइएको छ | संक्रमण देखिएका सबैलाइ अस्पताल भर्ना गरिएको छ | 

स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै केहि समयका लागि ति कारखाना बन्द गरिने भएको सरकारी अधिकारीहरुले बताएका छन् | टप ग्लोव्स कम्पनीले गत बुधवार देखि नै आफ्ना १६ वटा कारखानाले तत्काल उत्पादन बन्द गरिसकेको जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!